एसईईको परीक्षाफल प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ ।

४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो । एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । करिब १० हजार जनाको परीक्षा विभिन्न कारणले रद्द भएको बोर्डले जनाएको छ ।

विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले प्रमाणीकरण गरेपछि नतिजा सार्वजनिक गर्ने प्रावधान छ । बोर्डले गतसाता नै विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा तयार पारेको थियो । नतिजा प्रकाशित गर्दा विद्यार्थीको चहलपहल बढ्ने र कोरोना संक्रमण झनै फैलन सहयोग पुग्ने भन्दै रोकिएको थियो । गत चैत ६ गतेका लागि निर्धारित एसईई परीक्षा कोरोना संक्रमणका कारण अन्तिम समयमा स्थगित भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया