चितवनमा ४२ प्रहरीसहित थप ४६ मा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनका ४६ जना, बाराका दुई, हेटौंडाका एक र गोरखाका एक जना छन् ।चितवनमा एकै दिन थपिएका बिरामीको यो संख्या अहिलेसम्मकै बढी हो ।

प्रयोगशालाका अनुसार ३ सय ५५ वटा नमुना परीक्षण गर्दा ५० वटामा संक्रमण भेटिएको थियो । तीमध्ये राप्ती नगरपालिका–६ को प्रहरी क्वारेन्टाइनका दुई महिलासहित ४२ र भरतपुर महानगरपालिकाका चार महिला छन् । अहिलेसम्म चितवनमा संक्रमितको संख्या २५५ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया