सभामुखले गरे प्रतिनिधिसभा नियमावली प्रतिवेदन पारित भएको घोषणा

काठमाडौं । संसदभित्र हंगामाबीच सभामुख डीपी अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित भएको घोषणा गरेका छन् । लगत्तै उनले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे ।

मस्यौदा समितिका संयोजक गणेश पराजुलीले प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिरहँदा प्रतिपक्षी सांसदहरुले रोष्ट्रममा झम्टिएका थिए ।

एमालेका ऐन महरले सांसदहरुको जिउमा चढेर रोष्ट्रमतर्फ लम्किँदा मर्यादापालकहरुले उनलाई रोके ।

फेसबुकबाट तपाइको प्रतिक्रिया