सुनको भाउ पुन : तोलाको लाख नाघ्यो,एकैदिन २२ सय रुपैयाँ बढ्यो

काठमाण्डौ । नेपाली बजारमा सुनचाँदीको भाउ आज बढेको छ ।

गत साता तोलाको एक लाख नाघेर क्रमिक ओह्रालो लागेको सुनको मूल्य आज तोलामा एकैदिन २ हजार २ सय रुपैयाँ बढेर तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार तोलामा दुई सय रुपैयाँ घटेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबारका तुलनामा सोमबारसम्म ४०० रूपैयाँ घटिसकेको थियो। गत साता तोलाको १ लाख २ हजार ६०० सम्म पुगेको थियो।

यसैगरी चाँदी पनि अघिल्लो दिनको तुलनामा ६५ रूपैयाँ बढ्दै मंगलबार प्रतितोला १ हजार ३ सय ८० रूपैयाँ भएको छ। सोमबार चाँदी तोलाको एक हजार ३ सय १५ रुपैयाँ थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया