निषेधाज्ञा र कर्फ्यू लगाउने अधिकार सीडीओलाई

काठमाडौं । सरकारले तीन देशमा राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले परराष्ट्र मन्त्रालयका सहसचिवहरु गेहेन्द्र राजभण्डारी बेल्जियम, तपस अधिकारी पाकिस्तान र रामजकाजी खड्कालाई जर्मनीको राजदूतमा सिफारिस गरेको हो । सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषदको नियमित पत्रकार सम्मेलनमा राजदूत सिफारिसबारे जानकारी दिएका हुन् । सिफारिस गरिएकाहरुको संसदीय सुनुवाईपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

त्यस्तै बैठकले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा देखि कफ्र्यु लगाउनेसम्मको अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । बैठकले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा गर्ने लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको हो ।

जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समितिले कोरोना संक्रमणको जोखिमको अवस्था विश्लेषण गरी निषेधाज्ञा जारी गर्ने र आवश्यक परे कफ्र्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको खतिवडाले बताए । प्रमुख जिल्ला अधिकारीले जिल्लामा वा जिल्लाका कुनै स्थानमा निषेधाज्ञा जारी गरेको अवस्थामा सम्बन्धि क्षेत्रका सरकारी र सार्वजनिक कार्यालयका निश्चित कर्मचारीलाई कार्यालयमा उपलस्थित गराउने र अन्य कर्मचारीलाई ‘वर्क फ्रम होम’ को व्यवस्थापन सम्बन्धित कार्यालय प्रमुखले गर्नुपर्ने उनले बताए । सरकारले जारी गरेको निर्देशन, स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्डहरु पालना गर्न सबैलाई आग्रह गर्दै पालना नगरेको खण्डमा कारवाही गर्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन समेत दिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया