भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ३० मा कोरोना पुष्टि

चितवन । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

चितवन, महोत्तरी, मकवानपुर, नवलपुर, बारा लगायतका जिल्लाका गरी थप ३० जनामा संक्रमण पुष्टि भएको हो

संक्रमित पुरुषहरू १९ देखि ६५ वर्ष उमेर समूहका छन् । महिलाहरू ९ वर्षकी बालिकादेखि ४४ वर्ष उमेर समूहका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया