बाढीले बगाएर अछाममा दुईको मृत्यु,१७ बेपत्ता,रामारोशन ताल फुटेको आशंका

अछाम । भारी बर्षाका कारण आएको बाढीले बगाएर अछामको कैलाशखोलामा दुई जनाको मृत्यु भएको छ भने १७ बेपत्ता भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा ३० पसलहरु बगेका छन् ।

बाढीले बगेर बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली बिहानैदेखि खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । बाढीबाट मृत्यु भएकाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

एक्कासि आएको बाढिले जयगड रामारोशन सडक खण्डको अधिकांश भाग बगाएको छ भने रामारोशन गाउँ गाउँपालिकाको प्रवेशद्वार र दर्ना पक्किपुल समेत बगाएको छ ।

रामारोशन ताल फुटेर यति ठूलो बाढी आएको हुनसक्ने आशंका स्थानीयको छ ।
फोटोः लोकेन्द्र कडायतको फेसबुकबाट


फेसबुकबाट तपाइको प्रतिक्रिया