काठमाडौं । नेपाली कांग्रेसले नेकपाको सरकार गठन भएदेखि नै प्रेस स्वतन्त्रता कुण्ठित बनाउन गरिएका कर्मको पछिल्लो उदाहरण प्रेस काउन्सिल प्रकरणमा देखिएको बताएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरी सरकारले ठाडै हस्तक्षेप मार्फत काउन्सिललाई नेकपाको, त्यहाँ भित्र प्रधानमन्त्री निकट गुटको अझ त्यहाँ भित्रपनि केही निस्चित ब्यक्तिको नियन्त्रणमा राख्ने ढंगले चालिएको कदमप्रति आपत्ति जनाएका हुन् ।


फेसबुकबाट तपाइको प्रतिक्रिया