टोकियो । गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानको समन्वयमा आईएचएनओले नेपाली विद्यार्थीलाई वितरण गर्ने छात्रवृत्तिका लागि यहि अगस्ट २० तारिखबाट आवेदन खुल्ला गरेको छ । आवेदन सेप्टेम्बर १६ तारिखसम्ममा आईएचएनओ(IHNO)को ठेगानामा पोष्ट गरिसक्नु पर्ने जनाएको छ ।
उक्त छात्रवृत्तीको लागि गत जुलाई ३१ मा एनआरएनए जापानको तर्फबाट अध्यक्ष देबिलाल भण्डारी र आईएचएनओको (IHNO तर्फबाट प्रमुख योसीहारु कोमियाले सहमती पत्रमा संयुक्त हस्ताक्षर गरेका थिए । छात्रबृति बितरणमा समन्वयकारी भुमिका निर्वाह गर्नका लागि एनआरएनए जापानका उपाध्यक्ष लक्ष्मण बानियाको नेतृत्वमा अर्का उपाध्यक्ष दिपक कार्की, महासचिब जनक बिक्रम शाही,सचिब बिकास बस्नेत, महिला संयोजक संगिता अधिकारी, कान्तो संयोजक राकेश रुम्बा, क्युस्यु संयोजक देवराज उप्रेती, खान्साई संयोजक कृष्ण गैरे , नागोया संयोजक श्याम सितल श्रेष्ठ, शिजुओका संयोजक रमेश भण्डारी, चिवा संयोजक बिश्व सुबेदी, निगाता संयोजक दिपक सुनार , नागानो संयोजक बिजय कार्की, ओकिनावा संयोजक प्रितम पुन गर्बुजा, र गुन्मा कुमार लामिछाने रहने गरी १५ सदस्य टिम बनाईएको छ। छात्रबृतिका लागी आवेदन दिन चाहने बिधार्थीहरूले विद्यार्थीले केही जान्न चाहेमा उल्लेखित पदाधिकारीहरुसंग सम्पर्क गर्न सकिने छ ।
छात्रबृतिका लागि आवेदन दिए पनि आईएचएनओले तोकेको मापदण्ड भित्र परेमा मात्र छात्रबृतिका लागि योग्य हुने जनाएको छ ।
एनआरएनए जापान र आईएचएनओ जापानको सम्झौता भए अनुसार छात्रबृति फारम भर्न एनआरएनए सदस्यता भर्न एनआरएनए सदस्यता लिएको हुनु पर्ने एनआरएनए जापानका प्रबक्ता सिद्धार्थ श्रेष्ठ जानकारीदिनु भयो । यदि सदस्यता लिन नपाउनु भएका विद्यार्थीले एनआरएनए जापानको खातामा एक हजार येन जम्मा गरेको रसिद र फारम भरेर एक साथ तलको ठेगनामा सेप्टेम्वर १६ सम्म पठाउनु पर्ने जनाएको छ ।
कागजपत्र पठाउने ठेगाना :-
〒100-0014
東京都千代田区永田町2-17-17アイオス永田町505
IHNO事務局
03-6550-8811
एनआरएनएको सदस्यता फाराम


फेसबुकबाट तपाइको प्रतिक्रिया