उपत्यकामा १८२ सहित ८३८ मा कोरोना पुष्टि, थप ११ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् ।

आज काठमाडौं १ सय ४२, भत्तपुर १५ र ललितपुर २५ जना संक्रमित भेटिएका छन । यस संगै सङ्क्रमितको कुल सङ्ख्या ३० हजार चार सय ८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा १३ हजार ५७९ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। सोही अवधिमा २ सय ५० जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २१४ सङ्क्रमित निको भएका छन्। निको हुने सङ्क्रमितको सङ्ख्या ६१ प्रतिशत छ।

देशभरि क्वारन्टीनमा १२ हजार २ सय ३४ जना छन्। अहिले मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाण्डूमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय भन्दा बढी भएको मन्त्रालयले जनाएको छ । तर भोजपुर, मनाङ, मुस्ताङ, र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक सय ३७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया