नेकपाको विवाद समाधानका लागि गठित कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको सो कार्यदलले सर्वसम्मतिले तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाएको छ । कार्यदलमा शंकर पोखरेल,सुरेन्द्र पाण्डे,भीम रावल,जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए ।

सो प्रतिवेदन अध्यक्षद्वय ओली र प्रचण्डले छलफल गरी आगामी सचिवालय बैठकमा पेश गर्ने बताइएको छ । यही भदौ १ गतेको नेकपा सचिवालय बैठकले सो कार्यदल गठनलाई अनुमोदन गरी कार्यादेश स्पष्ट गरेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया