काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ सय १८ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् ।
काठमाडौंमा १ सय २६, भक्तपुरमा २८ र ललितपुरमा थप १२ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमितको सङ्ख्या ३१,९३५ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा तीन जनाको भएसंगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको एक सय ४९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिए।
अब नेपालमा १३ हजार एक सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् । क्वारेन्टाइनमा ११ हजार ४ सय १४ जना रहेका छन् । आइसोलेसनमा १३ हजार १ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै आइतबार थप २ सय ८१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया