उपत्यकामा निषेधाज्ञा भदौ १७ गतेसम्म लम्ब्याइयो

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा भदौ १७ गतेसम्म लम्ब्याइएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो ।

भदौ ३ गतेदेखि शुरु भएको निषेधाज्ञा आज राति सकिँदै थियो । काठमाण्डौ उपत्यकामा कोरोना सङक्रमण बढ्दै गएकाले एक हप्ता थप गर्ने निर्णय भएको हो । निषेधाज्ञा अब भदौ १७ गते बुधबार रातिसम्म लम्बिएको छ ।

यसअघि काठमाण्डौ उपत्यका मेयर फोरमले कोरोना सङक्रमण जोखिम कायमै रहेको भन्दै एक हप्ता निषेधाज्ञा थप्न सिफारिस गरेको थियो । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि रोकिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया