जीवनको सार्थकता र संघर्ष

सविनबाबु मगर । जीवनको बिषयमा धेरै बिज्ञहरुले आ-आफ्नै तवर तरिकाबाट परिभाषीत गरेको पाइन्छ। जीवनलाई बिभिन्न कुराहरुसंग तुलना गरेर पनि परिभाषीत गरेको भेटिन्छ। कसैले समय हो जीवन भन्छन, कसैले फूल हो भन्छन, कसैले एक संघर्ष हो जीवन भन्छन। ज-जस्ले जे-जे भने पनि जन्म र मृत्यु बिचको खालि समयको एक कला नै जीवन हो । जब कुनै ब्यक्तिले यो सन्सारमा जन्म लिन्छ अनि मृत्युमा पुगेर टुङ्गीन्छ, त्यो खालि समय नै त्यो ब्यक्तिको जीवन हो। त्यो समयलाई उसले कसरि सदुपयोग गर्दछ?, कत्तिको सुन्दर बनाउनको निमित्त कति संघर्ष गर्दछ?, यो सब उसको भाग्य नभै कर्ममा निर्भर गर्दछ। जीवन भाग्य होइन कर्म हो त्यसैले जीवन जन्म र मृत्यु बिचको खालि समयको एक कला हो। इच्छाशक्ति, ज्ञानशक्ति र कर्मशक्तिको सदुपयोग गरि आत्मनिर्भर भै सन्तुष्टिका साथ ज्युन सक्नु अर्को कला हो। हामिले खालि भौतारिएर नै जीवन ब्यतित गर्ने मान्छेहरु धेरै भेट्दछौ। तिनिहरुले भाग्यले जे दिन्छन त्यसलाई नै जीवन भनेर बाच्दछ। ति मध्य केहिले संयोगवश सफल्ता प्राप्त गर्दछ तर अधिकाङ्स जीवनभर दुःख र निराशाजनक जीवन ब्यतित गरिरहेका हुन्छन। जुन आज हामिले ब्यतित गरिरहेको जीवन छ यो भन्दा समृद्ध र उत्कृष्ट जीवनको खोजि गर्नु नै सफल जीवनको सक्षम सुरुवात हो। हामिले आफ्नो दिमाग परिवर्तन गरेर जीवनमा सकरात्मक सोचका साथ अगाडि बढ्न सक्नु पर्दछ।
सन्सारका सबै मानिसहरु एक सफल जीवन ज्यूने इच्छा राख्दछ तर इच्छाले मात्र सफल जीवन ज्युन सकिदैन, इच्छालाई उध्येश्यमा रुपान्तरण गर्न सक्नु पर्दछ। इच्छा पुरा हुन पनि सक्छ नहुन पनि सक्छ तर उध्येश्यहरु स्थापना गरि ति उध्येश्यहरुलाई सार्थकता दिनको निमित्त तपाई संग भएको सपनालाई समयमै पुर्ण शक्त्तिको प्रयोग गर्न सक्नु भयो भने त्यो अवश्य पुरा हुनेछ। त्यसका लागि सदाचार, उच्च बिचार, सहि सङ्कल्प, बिनयशिलता, सहनशिलता, कठोर परिस्थितिहरुलाई सहज रुपमा आत्मसाथ गर्न सक्ने धैर्यता, पुर्ण मानसिक अनि श्रम शक्तिको नितान्त आवस्यक्ता पर्दछ। समाजमा सामाजिक काम गर्नाले, इमान्दारिताको साथ आर्थिक लाभ गर्नाले, ईत्यादी प्रकियाहरुबाट हामिलाई मनमा शान्ति भै, जीवनमा आन्तरिक शक्ति उत्पादकत्व क्षमता बढ्दछ।

यो संसारमा सायदै त्यस्तो ब्यक्त्ति होला जो, मेरो जीवन मेरो लागि सुखद छ, आरामदायी छ र सन्तुष्ट छ भन्नेहरु! यदि त्यो ब्यक्त्ति धनाढ्य वा महान ब्यक्त्ति किन नहोस, कारण जब ब्यक्तिमा क्रोध, इर्श्या/ डाहा, घमण्ड, परस्त्रता, दोष, भय वा डर जस्ता आदि हुन। जबसम्म हामिले यस्ता विकार युक्त्त तत्वहरुबाट टाढा रहन सक्दैनौ तब सम्म हामिले जति नाम/दाम कमाए पनि स्वस्थ मन लिएर सन्तुष्टिका साथ जीवन ज्युन सक्दैनौ। जब सम्म हामि स्वकार्यमा सन्तुष्ट हुन्नौ तब सम्म हामिमा त्रास, भय, हिनता बोध, जस्ता कुराहरु रहीरहन्छ। यसले हाम्रो मानसपटललाई रोगि बनाईदिन्छ। त्यसैले हामि संग आफुमा जे चिज छ, जे खुबि छ त्यसैलाई सदुपयोग गरि खुसि र सन्तुष्ट हुन सक्नु नै सफल जीवनको अर्थ राख्दछ। संसारमा हामि हर प्राणिहरुको आ-आफ्नै प्रकृतिले दिएका नियमहरु छन्। जब कहिलेकाहीँ त्यो नियम भन्दा बाहिर जान खोज्दछौ तब त्यहा नकरात्मक असरहरु देखा पर्दछ। जस्तै मान्छे भन्दा बाहेक अरु प्राणिहरुको यौनकार्य वा यौनइच्छाको पनि निश्चित समय हुन्छ, बाघ जातिको समुहले घास खादैन, त्यस्तै गाई जातिको समुहले मासु खादैन, घोडा सुत्दैन, कुकुर चन्खालो र बफादारी हुन्छ तर हामि मानव जाति प्राणिहरु मध्यकै सर्बश्रेष्ठ अनि बिबेकशील/चेतनशील भएर पनि कर्तव्य पालना गरेका हुदैनौ, आज्ञाकारि र गुणि बन्न सकेको छैनौ नि! हो यहिनेर हुन्छ अशान्ति, हिङ्सा र हत्याहरु! जस्तै मान्छेले प्रकृतिले वा समाजले दिएको नियम भन्दा बाहिर गएर वा माथि उठेर यौन इच्छा राख्दछ अनि यौनक्रिया गर्दछ त्यसले समाजमा बलत्कार जस्ता अपराध निम्त्याउदछ। त्यसैले सफल जीवन ब्यतित गर्नको निमित्त सामाजिक / प्राकृतिक नियम भित्र रहन सक्नु पर्दछ।
जीवनमा हामी कुनै राम्रो काममा सफल भयौं भने धेरै मात्रामा खुसी र उत्साहि हुन्छौ अनि थोरै आफुले सोचे जस्तो कुनै कुराहरु सफल भैदिएन भने अत्याधिक मात्रामा दु:खी हुने गर्दछौ। यो हाम्रा लागी एकदमै नकरात्मक पक्ष हो। यसले हामीलाई हतोत्साहित गराउदछ। जुन कुराले हामी आफुले विजय गर्न लागेको कार्यहरूवाट पनि पछी हट्दछौ। त्यसैले त भन्ने गर्दछ नि दुःखमा नआत्तिनु सुखमा नमात्तिनु भनेर हाम्रा पुर्खाहरुले।
राजा अकवरले बिरबललाई जहिले भिन्न/भिन्न किसिमले परिक्षा लिईरहन्थ्यो । एक दिन राजा अकवरले विरवललाई भनेछ । “हे ! विरवल तिमीले यो भित्तामा यस्तो वाक्य लेख, जुन वाक्यले म धेरै खुसी भएर मात्तिदा मलाई दुखीत तुल्यावस् र म धेरै दुःखीत हुदा मलाई खुसीको अनुभती दिलाओस् । तिमीलाई यसको लागी एक हप्ताको समय दिन्छु भन्नुभएछ। बिरबलले धेरै सोचेर भित्तामा यस्तो वाक्य लेखेछ:- “महाराज समय आज मात्र होइन भोली पनि छ” यो वाक्यले राजा अकवरलाई खुसीको उन्माद पछि भोली दुःख पनि आउछ भनेर साम्य बनाउदथ्यो भने दुःखहरूले घायल बनाएको बेलामा भोली सुख आइहाल्छ नि भनेर खुसीको प्रत्याभुती गराउदथ्यो। हो समय सदा एकैनास हो, तर परिस्थिती फरक फरक हुन्छ। हर कठीन/सरल परिस्थीतीहरुलाई सहज रुपमा स्वीकार्दै आफनो उध्येश्यमा लम्कीरहनुले हामीलाई निश्चित सही ठाउमा पुर्‍याउदछ। महान व्यक्तिहरूले जुन कार्यहरुबाट सफलता प्राप्त गरेको हुन्छ! नि त्यहाँ उनिहरुको अनेक संघर्षहरू लुकेको हुन्छ। हामी प्राय कसैको सफल जीवन मात्र हेर्दछौ तर त्यस सफल जीवन भित्र लुकेको संघर्षहरु अनि उसले सफल जीवन सम्म पुर्‍याउन पार गरेका विभिन्न कठीन कार्यहरु देख्दैनौँ। यहि नै हो हाम्रो ठुलो कमजोरी ! कुनै महान व्यक्तीले कुनै कार्यमा सफलता प्राप्त गरेको छ भने त्यो व्यक्ति भित्रको संघर्षको पक्षहरु अध्ययन गर्न सक्नु पर्दछ। अध्ययनले हामीलाई सफल बन्नमा सहयोग पुर्‍याउँदछ भने इर्ष्याले आफैलाई जलाएर खरानी बनाउदछ।
सोचेझै जीवन ज्युन कहाँ सहान भएकोछ । बिना संघर्ष को यहाँ महान भएकोछ ॥
जवसम्म ढुङ्गाले हतियारको चोट खादैन नि! तबसम्म ढुङ्गा पनि कहाँ भगवान भएको छ ।
त्यसैले त समय, संघर्ष, सफलता र कर्म एकअर्कामा परिपुरक हुन्छन् । समय र जीवन बिच एकअर्कामा ठुलो सम्बन्ध रहेको छ। जीवन समयमा बगीरहेको हुन्छ। समयको आफ्नै सिमा गतिशीलता अनि निष्पक्षता छ। समयले कोही ठुलो/सानो, धनि/गरिव, कालो/गोरो कसैलाई पनि नपर्खीकन बगीरहेको हुन्छ। त्यही बगाईको बहाव संगसंगै हामीले हाम्रो जीवनलाई पनि मिलाएर बगाउन सक्यौं भने जीवनले सफलताको गन्तव्यहरु भेटाउन सक्दछ ।
एक पटक एउटा विद्वानले कक्षामा भन्नु भएछ; “नानिहरु हाम्रो जीवनमा सफल हुने मौका एक पटक आउछ त्यसलाई उफ्रिएर च्याप्प समाउनु सक्नु पर्दछ अनि मात्र हाम्रो जीवन सफल बन्दछ” लगत्तै एक जना विद्यार्थी उत्सुकता पुर्वक जुरुक्क उठेर भनेछ; “अव चाई सफल जीवन ज्युने सजिलो सुत्र फेला पर्ने भयो बरु त्यो मौका कति खेर आउछ? भन्दिनु न म पनि उफ्रेर च्याप्प समाउछु” कक्षा कोठा हासोको गुञ्जयमाणले भरियो। तत्पस्चात त्यो विद्वान व्यक्तिले भन्नु भएछ: त्यो मौका यतिखेर आउँछ भनेर थाहा भैदीएको भए त सबै मानिसहरु सफल भैहाल्थे नि त्यसैले मौका एकचोटि आउछ, पर्खदैन गइ हाल्छ। जीवनमा त्यो मौका समाउन उफ्रीरहनु पर्दछ अनि मात्र त्यो मौकालाई च्याप्प समाई सफल जीवन ज्युन सकिन्छ। “यसको सार भनेको हाम्रो मानसपटल सदा चलायमान, सकरात्मक सोचका साथै सदा क्रियासिल राख्नु हो । त्यही सफल जीवन भेटीन्छ, भेट्न सक्षम हुन्छ। हुन त समय कहिलै सकिदैन तर हाम्रो जीवनको निश्चित समय भने सकिन्छ। त्यहि निश्चित समयहरु निश्चित ठाउमा सदुपयोग गर्न सक्नु पर्दछ। समयलाई रोक्न सकिदैन तर उचित प्रयोग गर्न सकिन्छ। समयकै अस्थीरताले ग्रहहरू घुमिरहेको हुन्छ। त्यसैकारण हाम्रो ग्रहदशाहरू पनि घुमिहेको हुन्छ। घरी सुख घरी दुःख, घरी हासो घरी रोदन! समयकै कारण हाम्रो सोचाई विचारहरू पनि परिवर्तन हुन पुग्दछ। कहिले सकरात्मक कहिले नकरात्मक, यहि परिवर्तनसिल सोचहरुलाई हामीले सकरात्मकत्वमा ढाल्न सक्नु पर्दछ। विहान/दिउँसो, राती/गोधुली यो समयहरु संग संगै हाम्रो मनहरू पनि परिवर्तन भैरहेको हुन्छ तर ति परिवर्तित मनहरूलाई हाम्रो वस भन्दा वाहिर जान दिनु हुदैन अर्थात नकारात्मक वाटोमा लाग्न दिनु हुँदैन। हामीले आफ्नो जीवनलाई निश्चित समयमा सहि मार्गनिर्दिष्ट गर्नु सक्न पर्दछ। हामीले मष्तिस्कमा समझदारी, काधमा जिम्मेवारी र हृदयमा इमान्दारीता धारण गर्न सक्यौं भने अवश्य सफल जीवनको दिशा निर्दिष्ट गर्दछ। हाम्रो जीवनमा इच्छा शक्ति, ज्ञान शक्ति र पुर्ण कर्म शक्तिको नितान्त आवश्यकता पर्दछ। हामी प्राणीहरुको सर्वश्रेष्ठ प्राणी मानव जाती आफूले आफैलाई जस्तै अरुलाई पनि भलो हुने काम गर्नु सक्नु पर्दछ। यदि तपाईले अरुलाई राम्रो व्यवहार गर्नु भयो भने तपाईलाई पनि राम्रै व्यवहार मिल्नेछ, तपाइले कसैलाई सम्मान गर्नु भयो भने तपाइलाई पनि सम्मान मिल्नेछ। तपाईले मनमा यो संकल्प गर्नुहोस कि “मेरो कारण कसैको भावनालाई चोट पुर्‍याउदीन” यसले तपाइलाई ठूलो आत्माशान्ति मिल्नेछ। त्यसैले गितामा भगवान श्री कृष्णले भन्नु भएको छ । तिमी अरुलाई त्यस्तो व्यवहार नगर जुन अरुले गर्दा तिम्रो चित्त दुख्छ” हामी एकले अर्कोलाई सम्मान गर्ने, विचार सुन्ने आदान-प्रदान गर्ने, घमण्डीपन नदेखाउने यि आदी इत्यादी कुराहरुमा नै हाम्रो साना ठुला खुसीहरु लुकेको हुन्छ। समाजको शान्ति, खुसी, सामाजिक मित्रता, मेलमिलाप यहि भित्र लुकेको हुन्छ। अरुलाई खुसी दिलाउन सक्नुले हामीमा खुसी आफै मिल्दछ। यसले हाम्रो मन शान्त भै शारीरिक निरोगीताको भाव पैदा गर्दछ ।
हामीले सफल अनि सन्तुष्ट जीवन व्यतित गर्न हामी स्वयममा भर पर्दछ । तपाईले पाउनु भएको जन्म र मृत्यु विचको खालि समयको के कसरी सदुपयोग गर्नु भयो? र के कसरी सदुपयोग गर्दै हुनु हुन्छ ? समाजलाई कस्तो किसीमको सहयोग पुर्‍याउनु भयो र पुर्‍याउदै हुनुहुन्छ? परिवारको खुसीको निम्ती कस्तो किसीमको वातावरण सिर्जना गर्नु भयो? साथिभाई इष्टमित्र संग कस्तो व्यवहार रह्यो र हुदैछ? तपाई अरु प्रति जती सकरात्मक हुनुभयो,त्यति नै तपाई प्रति पनि अरुले सकरात्मक दृष्टीकोण राख्दछ। यो नै तपाईको जीवन हो। यो नै तपाईको सफल जीवनको परिभाषा हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया