जापानका प्रधानमन्त्री शिन्जो आबेले राजीनामा दिने भएका छन् ।
६५ वर्षीय प्रधानमन्त्री आबेले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै स्वास्थ्यका कारण पदबाट राजीनामा दिन लागेका स्थानीय सञ्चारलाई उदृत गर्दै बीबीसीले जनाएको छ । प्रधानमन्त्री आबे केही समययता अस्वस्थ छन्।
यसअघि सन् २००७ मा पनि उनले स्वास्थ्यकै कारण प्रधानमन्त्री पदत्याग गरेका थिए। उनलाई किशोरावस्थादेखि आन्द्रा सुन्निने रोग छ।
केही दिनअघि मात्रै जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने उनी पहिलो व्यक्ति भएको थिए।
सन् २०१२ को अन्त्यतिर दोस्रो कार्यकालका लागि चुनिएका प्रधानमन्त्री आबे गएको ८ गते प्रधानमन्त्री भएको २ हजार ७ सय ९९ औं दिन पुगेको थियो ।
यसअघि सन् १९६४ देखि १९७२ सम्म तत्कालीन प्रधानमन्त्री आइसाकु सातो लगातार २ हजार ७ सय ९८ दिन प्रधानमन्त्री भएक थिए।
अर्कोे महिना ६६ वर्षमा प्रवेश गर्ने आबेले गएको वर्षको नोभेम्बरमै देशको सर्वाधिक लामो अवधिसम्म प्रधानमन्त्री हुने रेकर्ड पनि बनाएका थिए।

फेसबुकबाट तपाइको प्रतिक्रिया