जापान । चितवन समाज जापानको सचिवमा पत्रकार कविकिरण न्यौपाने चयन भएका छन्।
चितवन समाज जापानको शुक्रवार बसेको अनलाईन बैठकले सचिवमा न्यौपाने र महिला प्रतिनिधीमा मनिषा प्रधानलाई चयन गरेको हो । न्यौपाने नेपाल पत्रकार महासंघ , जापान शाखाका संस्थापक सदस्य एवं वर्तमान सल्लाहकार हुन्। त्यस्तै प्रधान भने चितवनको प्रेसिडेन्सी कलेज र बालकुमारी कलेजमा अध्ययन पछि अध्ययनकै क्रममा जापान आएकी हुन्।
न्यौपाने र प्रधान दुवै जनाको चयनले सामाजिक कार्यमा स्थापित चितवन समाज जापानले अझैं उचाई लिने चितवन समाज जापानका वरिष्ठ उपाध्यक्ष अर्जुन अधिकारीको भनाई छ । नेपाल अनि चितवन यतिवेला कोरोना भाईरसको चपेटामा परेकोले आवश्यक स्वास्थ्य सामाग्री जापानबाट संकलन गरि तत्काल पठाउन पहल भईरहेको चितवन समाज जापानका अध्यक्ष राजनकुमार श्रेष्ठले बताए।
जापान बसेका सम्पूर्ण जनसमुदायलाई आआफ्नो तर्फबाट यथासक्दो सहयोगका लागि श्रेष्ठले अपिल समेत गरेका छन्। कोरोना संक्रमण फैलिएर समस्यामा परेकाहरुलाई चितवनमा समाजले निशुल्क खाना खुवाउने व्यवस्था गरेको स्मरण गर्दै श्रेष्ठले भने आफ्नो लागि त सबैले गरेका हुन्छन , अरुको लागि अनि समाजका लागि पनि हामीले केहि गर्नु पर्छ।
सन् २oo८ मा चितवनवाट अध्ययन, रोजगारी एवं व्यवसायका लागि जापान आएका नेपालीहरुलाई संगठित रुपमा सामाजिक कार्यमा लाग्न चितवन समाज जापानको स्थापना भएको थियो।

फेसबुकबाट तपाइको प्रतिक्रिया