नेपालमा प्लाज्मा थेरापीबाट २० जना भन्दा बढी कोरोनामुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा प्लाज्मा थेरापीबाट उपचार गरी २० जना भन्दा बढी मानिसहरु कोरोनामुक्त भएको जनाएको छ ।

गम्भीर अवस्थामा पुगेका २० जना संक्रमितहरुलाई प्लाज्मा थेरापीले उपचारमा सहयोग गरेको प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

हालसम्म ४२ जनाले प्लाज्मा दान गरेका छन्।ग्राण्डी अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रादेशिक अस्पताल बुटवल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी ४२ जनाले प्लाज्मा दान गरेका हुन्।

डा गौतमले कोभिड १९ का संक्रमित व्यक्तिहरुका लागि नियमित रक्तदान गर्न चाहने व्यक्ति तथा संस्थाले सुरक्षित तवरबाट रक्तदान गर्न सम्बन्धित अस्पताल, रेडक्रससँग समन्वय गरी सहयोग गर्न आग्रह गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया