डा. रवीन्द्र पाण्डे । अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गरेको अनुमानमा यो बर्ष अर्थात डिसेम्बरसम्म ८१ % नेपाली संक्रमित हुने तथा ४९ हजार २ सय जना नेपालीको कोभिड १९ को कारण मृत्यु हुन्छ भन्ने उनीहरुको निष्कर्ष ले आम जनमानसमामा त्रास उत्पन्न भएको छ ।
एउटा अध्येताको नाताले म दावी गर्दछु कि – त्यो अनुमान १०० % गलत हो । उक्त अध्ययनमा प्रकाशित संक्रमित एबम मृतकको संख्या कुनै पनि मिलेको छैन र मिल्दैन । जुनदेखि सेप्टेम्बरसम्म प्रतिदिन ५० हजारदेखि ७५ हजारसम्म संक्रमित हुने, जुलाईदेखि अक्टुबरसम्म संक्रमण उच्चबिन्दुमा पुग्ने लगायत कुनै पनि तथ्यांक सहि छैनन् ।
महामारीको समय यी र यस्ता अनेकौं हल्ना र भ्रम आइरहेका छन् । कुनै पनि हल्ला र भ्रमको विश्वास नगर्नुहुन म बिनम्र अनुरोध गर्दछु ।

फेसबुकबाट तपाइको प्रतिक्रिया