नेपालमा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंका १५५ जना, भक्तपुरका १२ जना र ललितपुरका १९ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या ३७,३४० पुगेको छ ।

यस्तै, कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ । शनिबार थप १२ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा मृकको संख्या २ सय ७ पुगेको मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामा मात्र ६ जनाको मृत्यु भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जनाको मृत्यु भएको छ । यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एक/एक जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ । शनिबार थप ३१३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २०,५५५ पुगेको छ ।

हालसम्म पीसीआर विधिबाट ६ लाख ६९ हजार ६ सय २६ जनाको कोरोना परीक्षण भएको छ । देशका विभिन्न अस्पतालका आइसोलेसनमा १ सय ७५ जना संक्रमित उपचाररत रहेका छन । यस्तै २२ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन ।

देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ७८ रहेको छ । यसैगरी होम आइसोलसनमा ६ हजार ४ सय ४५ जना संक्रमित होम आइसोलेसनमा रहेका छन । क्वारेन्टिनमा ८ हजार ३५ जना रहेका छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया