सन्दीपको सिपिएल अन्तर्गत छैटौँ खेल आज हुँदै

नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाजको क्यारेबियन प्रिमियर लिग सिपिएल अन्तर्गत छैटौँ खेल आज राति हुँदैछ ।

सन्दीपको टोली जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्ससित राति १२ बजे खेल्नेछ । दुवै टोली अङ्क तालिकाको पुछारमा छन् । जमैका अङ्क तालिकाको पाँचौँ स्थानमा छ भने सेन्ट किट्स अन्तिम स्थानमा छ । दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ ।

जमैकाको हालसम्मको खेल प्रदर्शन फितलो रहे पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन् । उनले हालसम्म खेलेका पाँच खेलमा सात विकेट लिएका न्छ ।

यस सिजनको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि दुई पटक सिपिएल खेलिसकेका छन् । सिपिएल आगामी भदौ २५ गतेसम्म चल्ने छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया