सरकारी कर्मचारी सरह तलव सुविधा माग गर्दै सिभिलका स्वास्थ्यकर्मी आन्दोलित

निजामती कर्मचारी अस्पतालका कर्मचारीहरूले आफूहरूले सरकारी कर्मचारीले सरह तलव सुविधाहरू पाउनु पर्ने माग गरेका छन् ।

अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बीमा लगायत सरकारले तोके अनुसार नभएको भन्दै आइतबारदेखि आन्दोलन शुरु गरेको हुन् ।

अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीलाई समेत तलव, ग्रेड, भत्ता, वढुवा लगायतका सुविधाहरूमा विभेद गरिएको भन्दै उनीहरूले ९ बुँदे मागपत्र अघि सारेका छन्।

सम्बन्धित निकाय तथा पदाधिकारीको ध्यानाकर्षणको लागि आफूहरूले विरोधका कार्यक्रम अघि सारेको भएपनि अस्पतालको सेवामा कुनै असर पर्न नदिएको निजामती कर्मचारी अस्पताल कर्मचारी संघले जनाएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया