वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी इन्द्रजात्रा मनाइँदै

काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजा आरधना गरी परम्परागतरुपमा इन्द्रजात्रा आज मनाइँदै छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यस पर्वमा देवराज इन्द्रको पूजाअर्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा गरिन्छ ।

यस पर्वमा देवराज इन्द्रको पूजार्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजाराधनाका साथै नेवारी परिकार समयबजीको भोजनसहित हर्षोल्लासपूर्वक मनाउने परम्परा छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।इन्द्रध्वजाको लिंगो ठड्याएको आठौँ दिनपछि ‘इन्द्रध्वज पतन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष बसन्तपुर दरबार क्षेत्र जाने प्रचलन रहीआएको छ ।

तर यस वर्ष भने कोरोना संक्रमणको जोखिमका कारण घर घरमै बसी मनाइँदैछ । यस वर्ष संक्रमणको जोखिम र निषेधाज्ञाका कारण इन्द्रजात्रा पर्वको उल्लास छैन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया