काठमाडौंमा ३९३ सहित १०६९ मा कोरोना संक्रमण, मृतकको संख्या २३९ पुग्यो

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ४० हजार ५ सय ९९ पुगेको बताएका हुन् ।
काठमाडौँ उपत्यकामा थप ४ सय ८१ संक्रमित देखिएका छन् । काठमाडौँमा ३९३ , ललितपुरमा ५८ र भक्तपुरमा ३० जना संक्रमित देखिएका हुन् ।

यस्तै पछिल्लोे २४ घण्टामा सात सय ६८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २२ हजार एक सय ७८ पुगेको प्रवक्ता गौतमले बताए । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको नमुना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा ७ हजार ३ सय ९० जना रहेका छन् भने आइसोलेसनमा १८ हजार १ सय १२ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई सय ३९ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया