सिन्धुपाल्चोकमा जारी लकडाउन भदौ २४ गतेसम्म थप

सुशिल सुवेदी, सिन्धुपाल्चोक । काठमाडौं लगायत जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको भन्दै सिन्धुपाल्चोकमा भदौ १ गतेदेखि जारी लकडाउनलार्इ निरन्तरता दिने निर्णय भएको छ ।

आज बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले फेरि भदौ २४ गते राति सम्मका लागि जिल्लामा बन्दाबन्दी थप गर्ने निर्णय गरेको हो । यसअघि पनि कोरोनाको जोखिम बढेको भन्दै ३ दिन लकडाउन थप गर्ने निर्णय गरिएको थियो । त्यसको समयसीमा आज सकिँदै थियो तर कोरोना संक्रमण जोखिम अझै रहेको भन्दै जिल्लामा लकडाउन थप गर्ने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

कोरोनाका कारण हाल सम्म ३ जनाको मृत्यु भइसकेको छ भने १०३ जना सङक्रमित भएका छन् । कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय पनि भएको छ ।

जिल्लाका केही स्थानीयतहमा समेत कोभिड –१९ का सङ्क्रमित देखिएकाले संक्रमण फैलिन नदिन र नियन्त्रणलाईप्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन थप गर्ने निर्णय भएको ढकालले बताउनुभयो । साथै जिल्ल्ला प्रवेशमा पनि कडाइ गरिने बैठकले निर्णय गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया