कोरोना संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिला र ६ पुरुष गरी १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोनाबाट काठमाडौं उपत्यकामा मात्रै ५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
चितवनमा ५५ वर्षिया र १८ वर्षिया महिला, काठमाडौंमा ८९ वर्षिया, ललितपुरमा ७० वर्षिया, तनहुँमा २० र कपिलवस्तुमा ६० वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको हो । यस्तै बारामा ९७ वर्षिय, चितवन ६५ वर्षिय, भक्तपुरमा ४० वर्षिय, काठमाडौंमा ७० र ७५ वर्षिय र धादिङमा ४७ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया