टोकियो । सेक्युरिटी प्रिंटिङ प्रेस खरिद प्रकरणमा तत्कालिन संचारमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गरेका बिजयप्रकाश मिश्रले अडियोको डिभाइस लिन जापान आएको बताएका छन् ।
सेप्टेम्वर २ तारिख एक विज्ञप्ति निकालिई आँफू नभागेको स्पष्ट पारेका छन् । मिश्रलाई बयानका लागि ७ दिन भित्र उपस्थित हुनु भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सूचना जारी गरेपछि अख्तियारको सूचना सर्बोच्चको आदेश बिपरित भएको प्रतिकृया दिएका छन । मिश्रलाई ७ दिन भित्र उपस्थित हुनु भन्दै अख्तियारले सूचना जारी गरेको भनि विभिन्न संचारमाध्यमले अतिरन्जित गरि समाचार सम्प्रेषण गरेकोमा ध्यानाकर्षण भएको विज्ञप्ति उल्लेख छ ।
कोरोनाको महामारी र नेपालमा लामो लकडाउनको शून्य अबधी मानिने सर्बोच्चको आदेश बिपरित भएको प्रतिकृया दिएका छन् । ‘मलाई भागेको या फरार भएको जस्तो गरी सूचना निकालिएको छ’ मिश्रले भने ‘मैले अख्तियारलाई प्रमाण जुटाउन अख्तियारलाई पनि जानकारी गराएर जापान आएको हुँ । अखियारको सूचना अनुसार आँफू ७ दिन भित्र उपस्थित हुन नसक्ने पनि उनले प्रष्ट परेका छन ।
फरार अभियुक्त जस्तो गरी अख्तियारले सूचना जारी गरेको आरोप लगाउदै मिश्रले सत्यको जित हुने भन्दै कसैको दवावमा प्रभावित नहुने बताएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया