नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार महिला र दश पुरुष गरी थप १४ जनाको मृत्यु भएको हो । काठमाडौंका ८२, ६७ र २२ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले बताए । एकजना चिवतनका ३५ वर्षिया महिला रहेका छन ।

यसैगरी सप्तरीमा ५५/५५ वर्षका दुई जना पुरुष, धनुषामा ६५, कास्कीमा ३१ र नवलपरासीमा ३७ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै प्युठानमा ५८, रुपन्देहीमा ७८, पाल्पामा ६३ र सुर्खेत ४२ वर्षिय पुरुषको मृत्यु भएको उनले बताए । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया