जापानमा निधन भएका आईन्द्र राईको अन्त्येष्टि सम्पन्न

टोकियो । जापानमा निधन भएका भोजपुरका आईन्द्र राईको सेप्टेम्बर ५ तारिख शनिबार जापानको टोकियोमै अन्त्येष्टि गरिएको छ ।
भोजपुर रामप्रसाद राई गाउँपालिका दलगाउँ स्थायी घर भई हाल जापानको टोकियो स्थित सुगिनामी वार्डमा बस्दै आएका राईको उपचारको क्रममा गत बुधवार निधन भएको थियो । उनी केही समय देखि कलेजोको रोगबाट ग्रसित भई टोकियोको सुगिनामी वार्डस्थित आासागयाको खावाकिता जनरल हस्पिटलमा उपचारको क्रममा निधन भएके थियो ।
राईको अन्त्येष्टीमा एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी,बाग्लुङ् समाज जापानका अध्यक्ष सिद्धार्थ श्रेष्ठ,थकाली सेवा समिति जापानका अध्यक्ष बुद्दी गौचन,एनबिए जापानका अध्यक्ष विजय थकाली,दोलखी समाज जापानका अध्यक्ष नवराज थापा,पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानका अध्यक्ष सुवाश लोहनी तथा सल्लाहकार भुषण कोईराला,तामाङ् समाज जापानका महासिचव बलराम थिङ् तामाङ तथा कोषाध्यक्ष गिरबहादुर तामाङ,किरात राई योयाक्खाका महासचिव संजिव राई,विश्व नेपाली साहित्य महासंघका महासचिव रबिन्द्र राई लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कुक भिसामा ८ वर्षअघि जापान आएका राईको श्रीमती र दुई छोरा जापानमा संगै बस्दै आएका थिए । अल्पआयूमैं आफनो अभिभावक गुमाउनु पर्दा छोराहरु र परिवार भावव्हिल भएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया