डा. गोविन्दशरण उपाध्याय ।
विवाहपछि पतिपत्नीका रूपमा कुराहरू एकआपसमा लेनदेन गर्नुपर्छ । केही छोड्नुपर्ने हुन्छ केही जीवनमा अपनाउनु पर्ने हुन्छ । पतिपत्नीको सम्बन्ध सम्झौताको होइन समझदारीको हो । सम्झौताको आयु हुन्छ तर समझदारी पूर्वक स्वीकार गरिएको जिम्मेदारी सधैंका लागि हुन्छ ।
आजभोली प्रेम-विवाहको हावा बगेको छ। एकअर्कालाई बुझेर मात्र विवाह सम्बन्ध गाँस्नुपर्छ भन्ने समूहको बर्चश्व बढ्दै छ | मागी विवाह होस् अथवा प्रेम विवाह दूवै परिस्थितिमा विवाहपछि लोग्नेको परिवारमा जाने” प्रचलन विश्वभरी हटेको छैन । पश्चिमाहरू विवाहपछि आफ्नै घरमा जान्छन् । नेपालमा यो अवस्था विकास भैसकेको छैन ।
जव विवाह हुन्छ, पतिपत्नीको भूमिकाका रूपमा जीवनशैली परिवर्तन हुन्छ । पत्नीले पतिका लागि र पतिले पत्नीका लागि समझदारी स्वीकार गर्नुपर्छ । साथै फरकफरक घर-परिवेशबाट पतिपत्नीको नयाँ परिवेश स्वीकार गरेको हुँदा आफुलाई परिवर्तित भूमिकाका लागि अभ्यस्त गर्नुपर्छ ।
पति होस् वा पत्नी दूवै पूर्ण (perfect) हुँदैनन् न उनीहरू कुरा नबुझ्ने बुद्धु नै (fool) नै हुन्छन् | तेसैले एकआपसमा प्रेरक (Motivator), सूचक (informer) बाचक (speaker) दर्शक (Listener), शिक्षक (educator) ) र गुरुको (Mother) भूमिका स्वीकार गरेर एकअर्कालाई सहयोग गर्नुपर्छ । यही समझदारी हो ।
नयाँ ठाउँ र व्यक्तिहरूसंग एडजस्ट गर्न गारो हुन्छ तेस्तो अवस्थामा प्रेरणा दिनुपर्छ। व्यक्ति, समय, परिवेश, अभिरुचिहरूका विषयमा ठीकठीक सूचना आदानप्रदान गर्नुपर्छ । तेस्तै आहार र व्यबहारमा बोल्न नसक्ने हुन सक्छ एस्तो अवस्थामा आफु उभिएर बोल्न प्रेरित गर्नुपर्छ । तेतिमात्र होइन धैर्यतापूर्वक अर्काको कुरा सुन्ने र नजानेको नबुझेको कुरा सिकाउने शिक्षक पनि बन्नुपर्छ । अन्तत: आमाझैं कोमल र सहज बातावरण सृजना गरेर एकआपसको समझदारीलाई प्रेमिल बनाउनुपर्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा समझदारी हो । माथिल्ला छबटा भूमिकामा आफुलाई उभ्याउने र सहयोगी भावना तथा सम्मानका साथ एकअर्काको ख्याल राख्ने हो भने पतिपत्नीले आफ्नो घर, परिवार र समाजलाई स्वर्ग बनाउँछन् ।
सधैं एकआपसमा होच्याउने, सूचनाहरू आदानप्रदान नगर्ने, बोल्दै नबोल्ने, अर्काको कुरा सुन्दै नसुन्ने, नयाँ वा नजानेको कुरा सिकाउँन नखोज्ने सिकाउँन भन्दा विगार्न रुचाउने र अभिभावक भएर पनि शत्रुको जस्तो व्यबहार गर्ने पतिपत्नीको आपसी व्यबहार चल्दैन ।
कुन व्यबहार पतिपत्नीका लागि उपयुक्त हुन्छ, आफै विचार गर्नुस् । म त पहिलोको पक्षमा छु र आफुलाई रुपान्तरित गर्न तयार छु । तपाईं नि !

फेसबुकबाट तपाइको प्रतिक्रिया