काठमाडौं । उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओहरुले क्वारेन्टिनमा रहँदा सरकारले दिने खाना खर्चवापत दिने गरेको प्रतिव्यक्ति १७५ रुपैयाँ कम भएको भन्दै बढाउन केन्द्र सरकारलाई सुझाव दिएका छन् ।
हाल सरकारले क्वारेन्टिनको खाना खर्च प्रतिव्यक्ति १७५ को तोकेको छ । ‘खानाको दररेट पुनरावलोकन गर्नैपर्छ । कम्तिमा दिनको ६०० रुपैयाँ भयो भने हुन्छ’ काठमाडौंका सिडियो जनकराज दाहालले भने, ‘एकातिर विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको पोषणतत्वसहितको स्टामिना बढाउनेखालको भन्छ, अर्कोतिर १७५ रुपैयाँको भनेको छ ।
भक्तपुरकी सिडियो होमकला पाण्डेले पनि १७५ मा रुपैँयामा खाना खुवाउन नसकिने बताइन् । चीनबाट नेपाली विद्यार्थी ल्याएर राख्दा प्रतिव्यक्ति १३ सयमा खाना खुवाइएको, बंगलादेश ल्याउँदा ७५० र तेस्रो चोटि ५५० मा खुवाइएको र अहिले पनि ५५० मै खाना खुवाइरहेको जानकारी दिँदै पाण्डेले भनिन्, ‘क्वारेन्टिनमा बस्नेलाई १५० मा खुवाउन सम्भव नै छैन ।
आइतबार संसदीय समितिले आयोजना गरेको छलफलमा सहभागी नगरपालिका फोरम तथा नगरपालिका संघका पदाधिकारीहरुले पनि सरकारले संक्रमण भएका व्यक्तिहरुको क्वारेन्टिनमा खानाका लागि तोकेको १७५ निकै कम भएको भन्दै बढाउनुपर्नेमा जोड दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया