जापान । जापानभर आईतवार थप ४५१ जना कोरोना संक्रमण पुष्टि भएको छ । आईतवार सेप्टेम्वर ६ तारिख टोकियोमा ११६ जनासहित जापानमा ४५१ जना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ । जापानमा कोरोना संक्रमण सेप्टेम्वर ६ तारिखसम्म आन्तरिक र बाह्य गरि ७२ हजार ३०० जना संक्रमित भएका छन् ।
संक्रमित मध्ये ६२ हजार १०४ जना निको भएर डिस्चार्ज भएका छन् ।
अहिलेसम्म जापानभर आन्तरिक र बाह्य गरि १ हजार ३७४ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया