काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महिला चार र पुरुष सात गरी थप ११ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौंका तीन महिला र कस्कीकी एक महिला तथा सिरहाका दुई पुरुष, मोरङका एक पुरुष, सर्लाही, दोलखा, मकवानपुर र बाँकेको एक/एक पुरुषको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया