सुशिल सुवेदी, सिन्धुपाल्चोक । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले नदीजन्य सामाग्री उत्खनन् र विक्रिसँग जोडिएर गरेको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समन्वय समितिले आज एक विज्ञप्ति जारी गर्दै नियम बिपरीत नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रीमा भएका अनियमित गतिविधि रोक्न निर्माण गरेको नीति अनुरुप नियमनकारी भूमिकामा समन्वय समितिले नियमन गरिरहेको अवस्थामा व्यक्तिगत तथा राजनीतिक तिक्तताको आशय झल्कने गरी निती बिपरीत काम गरेको भनी समन्वयात्मक भूमिकामा रहेको संस्थामा लगाईएको आरोप खेदपूर्ण भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला केही दिन यता नदीजन्य वस्तु तथा सामाग्री उत्खनन् तथा बिक्रीसँग जोडिएर केही बिद्युतीय संचारले जिल्ला समन्वयसँग जोडिएर गरेको प्रचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नियम बिपरीत नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रीमा भएका अनियमित गतिविधि रोक्न निर्माण गरेको नीति अनुरुप नियमनकारी भूमिकामा समन्वय समितिले नियमन गरिरहेको अवस्थामा व्यक्तिगत तथा राजनीतिक तिक्तताको आशय झल्कने गरी निती बिपरीत काम गरेको भनी समन्वयात्मक भूमिकामा रहेको संस्थामा लगाईएको आरोप खेदपूर्णछ ।’
विज्ञप्तिमा भदौ १४ गते सशस्त्र प्रहरी बल नेपाल १६ नं.गण हे.क्वा. सिन्धुपाल्चोकले चेकजाँचको क्रममा नियमानुसारको जिल्ला समन्वय समितिले तोकेको कर बापत्को शुल्क नतिरी बालुवा लिएर आएको बा.४ ख.५८६४ नम्बरको ट्रिपरलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि लेखी पठाईएको शस्त्र प्रहरी बल नेपाल १६ नं. गणको च.नं.१५, मिति २०७७।०४।१४ को पत्र यस समितिमा मिति २०७७।०४।१५ गते दर्ता नं. ३० मा दर्ता भएको र सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्दा उक्त ट्रिपरले हालको व्यवस्था अनुसार स्थानीय तहले लगाईने घाटगद्धी एवं बिक्री कर नबुझाएको देखिएकोले सो कर तिर्न कार्वाही गरेबमोजिम सो ट्रिपरलाई चौतारा साँगाचोकगढी न.पा.ले ठेक्का आवहान गरि गरि ठेक्का संझौता गरेको अधिकार प्राप्त काली ÷साँगा निर्माण ÷जे.भी को ठेक्का नं.२, मिति २०७७।०४।१६ को बिजक नं। ३९७ बाट नियमानुसारको कर तिरेको प्रमाण पेश गरेपछि मात्र उक्त ट्रिपरलाई छाडिदिन पत्राचार गरिएको उल्लेख छ ।
यस अघि नै सिन्धु स्टोन तथा कन्ट्रक्सन प्रा.लि.ले जिल्ला समन्वय समितिमा पेश गरेको मौज्दात विबरणमा स्पष्ट रुपमा आफूसँग बाह्रसय घनमिटर गिट्टी र दशहजार घनमिटर ग्राभेल अर्थात कच्चा माल मौज्दात रहेको, सोही मौज्दात रहेको दश हजार घनमिटर ग्राभेल अर्थात कच्चा माललाई प्रशोधन गर्ने र बिक्री गर्ने अधिकार प्रा.लि.लाई रहेको, सोही बमोजिम यस प्रा।लि।ले मिति २०७७।०४।१४ गते मौज्दातमा रहेको कच्चा मालबाट प्रशोधन गरिएको बालुवा एफ एण्ड टीको बा.४ ख. ५८६४ नम्बरको ट्रिपरलाई बिक्री गरि बिजक नं. १७८ जारी गरिएको स्पष्ट पारेको थियो ।


फेसबुकबाट तपाइको प्रतिक्रिया