अनेसास सद्भावना दूतमा साहित्यकार आचार्य मनोनीत

जापान ।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार एवम् चिन्तक आचार्य राजनलाई अनेसास सद्भावना दूतमा  मनोनयन गरेको छ ।  अष्ट्रेलियाको सिडनीमा बसेर साहित्यको संवर्ध्दनमा लागेका राजनको बास्तविक नाम भीमसेन सापकोटा हो । सिन्धुपाल्चोकमा जन्मिएका राजन अध्यात्म र साहित्यका क्षेत्रमा चर्चित नाम हो । नेपालमा रहदा पत्रकारिता र प्राध्यापन पेसामा संलग्न राजन असनेपालन्यूजका प्रधानसम्पादक समेत रहेका छन् ।

यसअघि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट  अनेसास हिरो’ सम्मान प्राप्त  गरिसकेका  राजन अनेसासका अष्ट्रेलिया  ओसनिया क्षेत्रका उपाध्यक्षसमेत  रहेका थिए । गणतान्त्रिक फिजीका लागि सद्भावना राजदूतसमेत रहेका राजनका प्रश्नमा ईश्वर, भत्किएको पर्खाल, सुख सूत्रलगायतका साहित्यिक र दर्शनका कृति प्रकाशित छन् । उनि अनेसास अष्ट्रेलिया न्यूसाउथ वेल्स च्याप्टरको संस्थापक समेत हुन् ।

समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आईतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । मनोनीत अनेसास सद्भावना दूतको  कार्यकाल दुई वर्षको रहने छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया