टोकियो । प्रशिक्षण अभाबमा भलिबल खेलले गति लिन नसके पनि नेपाल ईताबासी भलिबल क्लब जापानले आउँदो अक्टुवर १२ तारिख टोकियोको इकेबुकुरोमा प्रतिस्पर्धात्मक भलिवल खेल खेलाउने निर्णय गरेको छ ।
नेपाल सरकारले भलिभल खेललाई केही बर्ष अघि राष्ट्रीय खेल घोषणा गरेपनि खेलमा त्यती चासो नदेखाएको र प्रशिक्षण गर्ने पूर्बाधार अभाब रहेको महसुस गर्दै भलिबल खेललाई जर्गेना गर्न उक्त खेल गराउन लागेको छ ।
बिदेशमा रहेर पनि नेपाल ईताबासी भलिबल क्लब जापानले यस्तो ब्यस्त देशमा रहेर पनि खेलको जगेर्ना साथै खेलाडीहरु लाई हौसला प्रदान गर्ने भन्ने मुख्य उद्धेश्य भनेर यस क्लबका अध्यक्ष दिप मगरले बताउनु भएको छ । पछिल्लो समय जापनमा भलिभल खेलाडीहरु धेरै रहेको तर कतै खेलकुद प्रतियोगिता नहुँदा धेरै खेलाडीहरु निरास भएको अबस्थामा खेलाडीहरुमा खेलप्रतिको रुचिमा कुनै कमि नरहोस भनेर पनि यस क्लबका अन्य सदस्यहरुको पनि जोड छ । उक्त खेललाई नेपाल भलिबल संघका अध्यक्ष रत्न सिँह बस्नेत तथा गल्कोट स्पोर्ट क्लबका अध्यक्ष लक्ष्मन कार्कीले समेत साथ र सहयोग गर्ने एेक्यबद्दता जनाउनु भएको अभ्यक्ष्ँ मगरले बताउनु भयो ।
यस खेलमा जापनको बिभिन्न शहरमा छरिएर बस्नु भएका थुप्रै खेलाडीहरु उपस्थित गराउने र यल खेललाई ईताबासि क्लबले अहिले सम्मको रोचक र अनुसासित खेल हुने अपेक्षा गरेको छ ।
खेलमा प्रबेश शुल्क ३५ हजार येन तोकेको छ भने टिममा जम्मा नौ जनालाई मात्र प्रबेश दिने जनाएको छ ।
पुरस्कार रासी यसप्रकार छ
१,प्रथम पुरस्कार २० मान यन प्रमाण पत्र र मेडल ।
२,दोस्रो पुरस्कार १२ मान यन प्रमाण पत्र र मेडल ।
३,तेस्रो सान्नात्व पुरस्कार ।
क्लबले उत्कृष्ट खेलाडी र अनुशासन लाई पनि पुरस्कृत गर्ने छ ।
खेल सम्बन्धि बुझ्न परेमा तलको नम्मरमा सम्पर्क गर्नु होला
महेन्द्र भण्डारी ०८०६६६७८४०९
राजेनद्र मल्ल ०८०९३४३९९१०
बिधेश्वर छेत्री ०८०८५५७७११८
दिप मगर ०८०९४५४०३५५
अरुण पोख्रेल ०७०३८५१५८१०

फेसबुकबाट तपाइको प्रतिक्रिया