स्थापनाको छोटो समयमानै निकै चर्चा कमाएका मनास्लु वल्र्ड कलेज जसरी विभिन्न विद्यालयका उत्कृष्ट विद्यार्थीहरुको रोजाइ भइरहेका छन् । त्यसैगरी खेलकुद, नृत्य, संगीतलगायत अन्य विविध विधामा आफूलाई अब्बल दर्जामा उभ्याउन सफल विद्यार्थीहरुको छनोट मनास्लु नै भइरहेको छ ।
त्यसैगरी हालै कृपा ब्यान्डका गीतारिष्ट तथा ब्याकिङ भोकल्स, योङ्गेस्ट ब्यान्डका सदस्य जनक भण्डारी तथा कृपा ब्यान्डका अन्य सदस्यले कक्षा ११ व्यवस्थापन सङ्कायमा भर्ना गरेका छन् । सानै उमेरदेखि संगीतमा रुची राख्ने र पारिवारिक वातावरण पनि संगीतमय भएकोले जनकलाई सांगीतिक यात्रामा खासै गाह्रो भएन ।
विद्यालयस्तरदेखि नै गायनमा क्षेत्रमा लागि आफ्नो प्रस्तुती दिइसकेका जनक कृपा ब्यान्ड सदस्यको रुपमा नेपालका विभिन्न भूभागमा दमदार प्रस्तुती दिइ ख्याती कमाइ सकेका कृपा छन् । कृपा ब्यान्ड अहिले युवा पुस्ता निकै रुचाएका ब्यान्ड भित्र पर्दछ । जनकलाई मनास्लु वल्र्ड कलेजले कक्षा ११ र १२ अध्ययन गर्नको लागि पूर्ण छात्रवृत्ति प्रदान गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया