एनआरएनए जापानको नवौं बार्षिक साधारसभा सेप्टेम्वर १९ मा हुँदै,तयारी पूरा

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको नवौँ बार्षिक साधारसभा सेप्टेम्वर १९ तारिख फुकोओका शहरमा हुने भएको छ ।

क्युस्युको फुकोओका शहरमा हुने नवौँ बार्षिक साधारसभाको तयारी पूरा  भएको जनाएको छ । कोरोनाको महामारीको समयमा सामाजिक दुरी कायम गरेर ज्वरो चेक जाँच गरी उच्च सतर्कता अपनाएर गर्ने तयारी गरिएको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो । उक्त साधारसभामा एनआरएनए अभियान्ता ,अग्रज समाजसेवी गरि १५० जना जति उपस्थित हुने प्रवक्ता प्रवक्ता श्रेष्ठले बताउनु भयो । कोभिड १९ बाट बचेर उच्च सतर्कता अप्नाउँदै साधरण सभा गर्न लागेको संघका अध्यक्ष देविलाल भण्डारीले बताउनु भयो ।

एनआरएनए जापानको १० क्षेत्रिय समिति,जापानका रहेका नेपाली संघ-संस्थाको अग्रज र धेरै जसो एआरएनएको अभियन्ता सहभागि हुने साधरण सभामा प्रविधिको प्रयोग गर्दै एनआरएन्ए आईसीसी अध्यक्ष र नेपालवाट एक जना मन्त्रीलाई भर्चुअलमार्फत ल्याउने तयारी गरेको संघका महासचिव जनकविक्रम शाहीले जानकरी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया