गण्डकी प्रदेशमा थप ३२ मा कोरोना पुष्टि,संक्रमितको संख्या २,९३५ पुग्यो

 

गण्डकी प्रदेशमा  थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी  प्रदेशमा थप ३२ जना पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या २ हजार ९ सय ३५ पुगेको छ  ।

कास्की जिल्ला, पोखरा महानगरपालिका.१६ का २० बर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत छन् भने स्याङ्जा जिल्ला, पुतलीबजार.३ का ७६ बर्षीय पुरुष र कास्की जिल्ला पोखरा महानगरपालिका.९ का ७० बर्षीय पुरुष पोखरा महानगरपालिका स्थित मणिपाल अस्पतालमा उपचाररत छन् । लमजुङ जिल्ला, सुन्दरबजार.९ का १६ जना पुरुषहरु नेपाल आर्मीमा कार्यरत रहेका छन् ।

सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया