किक बक्सिङ खेलमा दुई नेपाली आज जापानी खेलाडीसंग भिड्दै

टोकियो । जापानमा किक बक्सिङ खेलबाट आफ्नो र नेपालीको पहिचान राख्न सफल दुई नेपाली आज पनि जापानी खेलाडीहरुसंग भिड्ने भएका छन ।
चर्चित हिट ४७ किक बक्सिङ खेल अन्तर्गत मोहन महर्जन ‘ड्रागन’ ६७ केजी तौल समुहका जापानी खेलाडी तोमोकि होसोगोएसँग र अर्का हिमालयन चितुवाका नामले परिचित खेलाडी अबिरल घिमिरे ७० केजी तौल समुह अन्तर्गत जापानी खेलाडी थाचुयासँग भिड्दैछन् ।
आज सेप्टेम्बर १३ तारिख टोकियो स्थित टोकियो टावर नजिक रहेको स्टार राइज टावरको पाँचौ तल्लामा १४:००-१५:०० बजेसम्म हुने हुने खेलमा दुवै खेलाडीहरु तयारी अबस्थामा रहेको बताउनु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया