टोकियो । जापानको टोकियोस्थित इकेबुकुरोमा नेपाली कलात्मक शैलीमा बनेको घरआँगन नामक टिपिकल नेपाली रेष्टुरेण्ट यहि सेप्टेम्बर १७ तारिखबाट संचालनमा आउने भएको छ ।
टोकियोको ब्यस्त शहर इकेबुकुरो स्टेशनको वेस्ट एक्जिटबाट २ मिनेटको दुरीमा रहेको घरआँगन रेष्टुरेण्टमा नेपाली तथा जापानी कला संस्कृतिसहित टिपिकल नेपाली स्वाद,नेवारी खाजा तथा थकाली खानाको स्वाद लिन सकिने घरआँगनका संचालक सम्वोधन लामाले जानकारी दिनुभयो ।
तीन जनाको संयुक्त लगानीमा संचालनमा आउन लागेको घरआँगनमा स्वादिष्ट खाना,सुन्दर र शान्त वातावरण,आधुनिक म्यूजिक सिस्टम,जापानीज स्टाइल खाराओके,नेपालीलाईभ दोहोरी,खेलप्रेमीहरूको लागी छुट्टै कोठामा एचडि टिभीको व्यवस्था र सुन्दर मनमोहक दृश्यहरु चित्रित गरिएको घरआँगन रेष्टुरेण्टको यहि सेप्टेम्बर १७ तारिख ग्रेन ओपनिङ हुन गईरहेको सनसाईन कम्पनी (SUNSHINE 株式会社)का अध्यक्ष तथा घरआँगन रेष्टुरेण्टका प्रमुख संचालक कार्साङ तामाङले बताउनु भयो । घरआँगनमा पारिवारिक भेटघाट,संघसंस्थाको बैठक,बेबी सावर,विदाई कार्यक्रम,बिवाह तथा ब्रतबन्ध,पास्नी, वार्षिक उत्सव तथा जन्मदिनको पार्टी मनाउन सकिने अर्का संचालक हरिचन्द्र लामाले जानकारी दिनुभयो ।
पछिल्लो समय जापानमा नेपाली कला संस्कृतिलाई जगेर्ना गरि नेपाली रेष्टुरेण्टहरू संचालन घरआँगनले पनि छुट्टै कलात्मक शैली अपनाएको देखिन्छ । जापानवासी अग्रज व्यक्तित्वहरू,आमाबुवा,दिदिबहिनी,दाजुभाई तथा मित्रजनहरुमा एक पटक सेवा दिने मौका दिन संचालन टिमले अपिल गरेको छ ।


फेसबुकबाट तपाइको प्रतिक्रिया