असोज १ गते दीपावली मनाउन सरकारको अनुरोध

सरकारले आगामी असोज १ गते बेलुका आठ बजे घरघरमा दीपावली गर्न अनुरोध गरेको छ ।

विश्व बिरामी सुरक्षा दिवसको अवसरमा स्वास्थ्यकर्मीहरुको सम्मानमा दीपावली गर्न अनुरोध गरेको स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशक तारानाथ पोखरेलले बताए ।

कोरोना महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन र उनीहरुको सम्मानका लागि सरकारले पनि असोज १ गते बेलुका सात बजे माईतीघर मण्डलामा दीप प्रज्वलन गर्ने उनको भनाई छ ।

निर्देशक पोखरेलले स्वास्थ्यकर्मीको सुरक्षा र उच्च मनोबल विना कोरोना भाइरसविरुद्धको लडाइँमा जित हासिल गर्न नसकिने भएकोले उनीहरुको सुरक्षा र सम्मानका लागि सबैले पहल गर्नुपर्ने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया