टोकियो । दोलखा मेलुङका पहिरो पिडितलाई जापानबाट आर्थिक सहयोग पठाएको छ । दोलखा समाज जापानले जापानमा आर्थिक संकलन गरि पहिरो पिडितको लागि १ लाख ४० हजार ५५५ येन अर्थात् नेपाली १ लाख ५५ हजार ४५३ रुपैया जेएमई मार्फत पैसा नेपाल पठाएको संस्थाका अध्यक्ष नबराज थापाले जानकारी दिनुभयो ।
जेएमईका अध्यक्ष ओम गुरुङ , दोलखा समाज जापानका अध्यक्ष नबराज थापा,नेपाल तामाङ समाज जापानकी अध्यक्ष रूबीना तामाङ,उपाध्यक्ष रत्न लामा र ललिता तामाङको रोवरमा उक्त सहयोग नेपाल पठाएको हो । दोलखा जिल्ला मेलुङ गाउँपालिक वडा नं ५ अन्तरगत सुंगुरे,पाखर्कमा साउन महिनाको अविराल वर्षाको कारणले भुकम्पपछि सरकारको अनुदानमा बनाएको भुकम्प प्रतिरोधात्मक माटो र ढुङ्गाले बनाएको घर पहिरो गएर क्षतिपुगी बस्न अयोग्य भएको र निज हरुको आर्थिक अबस्था निम्न भएको हुनाले साधरण बसोबासको पनि ब्यबस्था समेत गर्नु नसक्ने अवस्था भएकोले सहयोग संकलन गरि पठाएको जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया