शंकास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय अविलम्ब फिर्ता लिन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले शंकास्पद मृत्यु भएका ब्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय फिर्ता लिन माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरी सरकारको यो निर्णय अत्यन्तै गलत भएको भन्दै तत्काल फिर्ता लिएर गहिरो विश्लेषण र गम्भीर सुझबुझका साथ मात्रै यस्ता संवेदनशील बिषयमा निर्णयमा पुग्न आग्रह गरेका हुन् ।

उनले कसैलाई संक्रमण छ र छैन व्यापक परीक्षण गर्नु र ऊबाट अन्यमा सर्न नदिन सम्पूर्ण सतर्कता राख्नु राज्यको प्रथम दायित्व भएको उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया