संविधानले हामीलाई अधिकारै दिएको छैन : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधानले प्रत्याभूत गरेका अधिकार पनि ऐन बनाउँदा खोसिएको बताएका छन् ।

पहिलो कुरा त यो संविधानले हामीलाई अधिकारै दिएको छैन’ शनिबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै यादवले भने, ‘संविधानले दिएको अलिअलि अधिकार पनि ऐन बनाएर खोसिएको छ । संघीय कानून व्यावसायी एसोसियसनद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले धमाधम संविधान विपरीतका ऐनहरू बनेको बताए । विज्ञ सम्मिलित संविधान पुनरावलोकन आयोग बनाउनु पर्ने उनको माग छ । यादवले भने, ‘विज्ञ राखेर आयोग बनाऔं जसले नेपाललेका धरातलीय यथार्थ बुझेर संविधान संशोधनका लागि सुझाव दिन सकोस् । कानून मन्त्रीको हैसियतले आफूले आयोग गठनको माग गर्दा ओली सरकारमा दश म्याग्नीच्युडको भूकम्प गएको उनको भनाई छ ।

भर्चुअल कार्यक्रममा बोल्दै जसपाका वरिष्ठ नेता अशोकुमार राईले मधेशमा नरसंहार मच्याएर, पहाडमा जनजातिको आन्दोलन दमन गरेर बनेको संविधान संशोधन हुनुपर्ने बताए । राईले भने, ‘यो संविधानले जनप्रतिनिधिले होइन हली गोठालाले बनाएका हुन ।’

जसपाका अर्का वरिष्ठ नेता राजेन्द्र महतोले २०७२ साल असोज ३ मा संविधानसभाबाट जारी संविधान अपुरो र अधुरो रहेको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया