मस्कोमा यी हुन् कोरोनाविरुद्धको खोप लगाउने पहिलो नेपाली

मस्को । कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्वनै भयावित छ । कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन सारा विश्व नै लागेको छ । यसैबीच रुसमा रहेका एक जना नेपालीले कोरोना भाइरसविरुद्धको खाेप लिएका छन्।

एनआरएनएका उपाध्यक्ष बद्री केसीले मस्कोमा कार्यरत ६१ वर्षीय डा.महेश श्रेष्ठले शनिबार कोराना भाइरसविरुद्धको खोप लिएको जानकारी दिए ।
सामाजिक सञ्जाल फेसबुकमार्फत केसीले सल्यान पुर्खौली घर भएका श्रेष्ठले रसियन सरकारद्धारा पहिलो चरणमा ३० हजार जनालाई खोप दिने मध्येका एक हुन् । उपाध्यक्ष केसीका अनुसार उनी लक्की ड्र मार्फत छानिएका हुन्।

श्रेष्ठलाई कोरोना भ्याक्सिन दिन भन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो। उपाध्यक्ष केसीले कोरोना भाइरसविरुद्ध पहिलो भ्याक्सिन लिएकोमा खुशी व्यक्त गर्दै श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।

फेसबुकबाट तपाइको प्रतिक्रिया