पोखरा । नेपाल जापान एजुकेशनल सपोर्ट क्लबले कोरोना महामारीको यो जटिल परिस्थितीमा नेपालको पोखरा हेम्जा यामदी स्थित पेमा छाल शाक्य गुम्बाका झण्डै १०० जना भिक्षु बिद्यार्थीहरुका लागि खाध्य सामग्रीहरु वितरण गरेको छ ।
एजुकेशनल सपोर्ट क्लबले दाल, चामल ,नुन तेल्,चिनी,आलु ,चाउचाउ ,बिस्कुट फलफुल आदि यसै संस्थाका कार्यक्रम संयोजक सुनिल हिराचनले एक कार्यक्रम बिच बितरण गर्नु भएको हो ।
शान्तिका अग्रदुत भगवान बुद्धमा बिश्वास गर्ने जापानी नागरिकहरु कोरोना राहतको शुरुवाती सहयोग बौद्ध भिक्षु बिधार्थीहरुलाई खाध्य सामग्रीबाट गर्दै निकट भबिष्यमा अन्य कार्यक्रमहरु सामुदायिक बिद्यायलहरुमा संचालन गर्ने योजना बनाई रहेको संस्थाका चेयरमेन राजेन्द्र थापाले ब्यक्त गर्नु भएको छ ।
संस्थाका जापान अध्यक्ष जापानीज नागरिक यामाशिता किन्जोले पनि यसपाली कोरोनाको कारणले नेपाल आवत जावत गर्न असहज भएकोले आँफु नेपाल जान नसके तापनि नेपाली विद्यार्थी भाईबहिनी लागी गर्दै आएको बिभिन्न शैक्षिक सहयोगहरु निरन्तरता दिइने जानकारी गराउनु भयो ।



फेसबुकबाट तपाइको प्रतिक्रिया