काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ४ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै चितवनमा १ सय ३७, मोरङमा ७३, रुपन्देहीमा ८६ जनामा संक्रमण देखिएको छ । यो संगै सङ्क्रमितको सङ्ख्या ६९ हजार तीन सय एक पुगेको छ
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ पुरुष र पाँच महिला गरी थप १७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४५३ पुगेको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ११,४४९ जनाको नमुना परीक्षण गरिएको छ ।
क्वारेन्टाइनमा ६,५६५ जना रहेका छन् । आइसोलेसनमा १८,४३७ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार थप ४५७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५०,४११ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा २३२ र भेन्टिलेटरमा २८ जनाको उपचार भइरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया