टोकियो । जापानबाट बसन्त थापासहितको तिमले ढोरपाटनको बाढ़ीपहिरो पिडितको सहयोगार्थ ८ लाख रुपैयाभन्दा बढ़ी सहयोग पठाएको छ ।
नेपाल भलिबल संघ जापानका कोषाध्यक्षसमेत रहेका थापाले जापानी ७ लाख ३२ हजार अर्थात् नेपाली ८ लाख १४ हजार रुपैया नेपाल पठाएको जानकारी दिनुभयो ।
गत भाद्र १७ गते रातिको समयमा बागलूङ जिल्लाको ढोरपाटन नगरपालिकामा पर्ने देउराली फ़ुर्दुङ्ग खोला मुहान भइ आएको बाढीपहिरोले ढोरपाटन नगरपालिका ७,८,९ मा (३६ जना ) १ जना गल्कोट नगरपालिका १ निबासी सहित ३७ जनाको ज्यान गएको साथै धेरै भौतिक संरचनामा नोक्सान पुर्याएको थियो । त्यस ठाउको जनजिबन अस्तव्यस्त भएको अवस्थामा घाइतेहरु सहयोगार्थ होम बहादुर थापा ,निमा छोटा , श्याम बहादुर घर्ति मगर ,दिपेन्द्र अदै मगर र बसन्त थापाको ५ जनाको टीमले राहात संकलन गरि ढोरपाटन नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दिपक थापा मार्फत
उक्त रकम हस्तान्तरण गरिएको बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया