पौडेल समूहको अल्टिमेटम : बिधि सम्मत पार्टी चलाउन माग

काठमाडौँ । सभापति शेरबहादुर देउवासँग असन्तुष्ट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्चालन गरी आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष वातावरण सम्मपन्न गर्ने वातावरण बनाउन माग गर्दै विरोधपत्र दर्ता गराएको छ ।

नबिन्द्रराज जोशी, दीपक गिरी, चन्द्र भण्डारी, धनराज गुरुङलगायत २७ जना केन्द्रीय सदस्यहरुले सोमबार दिउसो विरोध पत्र दर्ता गराएका हुन् ।

पार्टी सभापति देउवालाई सम्बोधन गरिएको विरोधपत्रमा नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव तथा नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीलगायत २७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया