कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९८ पुग्यो,२०,८९१ सक्रिय सङ्क्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले थप १ हजार ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् ।

काठमाडौंमा ६  सय ९७, भक्तपुरमा ९३ र ललितपुरमा १ सय १२ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै सङ्क्रमितको सङ्ख्या ७७ हजार आठ सय १७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार ५७ जना जना संक्रमणमुक्त भएसंगै हालसम्म संक्रमणमुक्र हुनेको संख्या ५६ हजार चार सय २८ पुगेको छ ।  यस्तै पाँच हजार चार सय २८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएसंगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार सय ९८ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । केहि दिन अघि मन्त्रालयले सक्रिय संक्रमित २५ हजार माथि पुगे पुनः लकडाउन घोषणा गर्न सुझाव दिने निर्णय गरेको थियो । हाल दैनिक औशतमा २ सय भन्दाबढी संक्रिय संक्रमितको संख्या बढिरहेको पछिल्लो दुई साताको तथ्यांकले देखाउँछ । पछिल्लो एक सातामा संक्रमण दर दैनिक औशतमा ३ सय बढीले बढ्दै गएको छ । पछिल्लो दुई साताको अनुपातमा औशतमा सक्रिय संक्रमित बढ्दै गए आगामी १७ दिनमा संक्रमितको संख्या २५ हजार नाघ्ने देखिन्छ ।

पछिल्ला दिनहरुमा उपत्यकासहित मोरङ, चितवन, रुपन्देही, सुर्खेत लगायतका जिल्लाहरुमा संक्रमण बढिरहेका छन्। नेपालमा हाल २० हजार ८ सय ९१ प्रतिशत संक्रमित छन्।  जसमध्ये उपत्यकामै नै ५५ प्रतिशत सक्रिय संक्रमित  रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया